aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

क्रिप्टोकरेन्सीमा लगातार दोस्रो दिन गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
क्रिप्टोकरेन्सीमा लगातार दोस्रो दिन गिरावट

एजेन्सी । बुधबार प्रमुख क्रिप्टोकरेन्सीमा लगातार दोस्रो दिन गिरावट देखिएको छ । बिटकोइन साँझ ६ बजे ४.३५ प्रशित घटेर ३७.७६ लाख रुपैयाँमा कारोबार भइरहेको थियो। यस अवधिमा यसको मूल्य १ लाख ७१ हजार रुपैयाँभन्दा बढीले घटेको छ ।

इथरियमको पनि गिरावट देखिरहेको छ। इथरियम ४.७ प्रतिशतको गिरावट देखेको छ । यो पछिल्लो २४ घण्टामा १२,८०१ रुपैयाँले घटेर ३,०१ लाख रुपैयाँमा आएको छ ।

अन्य क्रिप्टोकरन्सीहरूको बारेमा कुरा गर्दा, टेथर र कार्डानो सिक्का आज एक तेजी प्रवृति देखिरहेका छन् । टेथरले बुधबार ०.४५ प्रतिशतको लाभ देख्यो । पछिल्लो २४ घण्टामा ०.४५ रुपैयाँले बढेर ८०.७८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस