aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

'इन्टर कलेज फर्माकोलोजी क्विज प्रतियोगिता-प्रथम सप्ताह' सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
'इन्टर कलेज फर्माकोलोजी क्विज प्रतियोगिता-प्रथम सप्ताह' सम्पन्न

काठमाडौं। काठमाडौँ मेडिकल कलेजको फार्माकोलोजी विभागले आयोजना गरेको अल नेपाल इन्टर कलेज फर्माकोलोजी क्विज प्रतियोगिताको प्रथम सप्ताह सम्पन्न भएको छ। पृथक् ढङ्गले एपका मध्यमबाट आयोजना गरिएको यो प्रतियोगिता ४ चरणमा ४ हप्तासम्म चल्ने आयोजकले जनाएको छ। जसको डिसेम्बर २२ देखि २८ सम्ममा  प्रथम सप्ताहका रूपमा पहिलो चरण समाप्त भएको हो। 

आयोजकका अनुसार पहिलो चरणमा देशभरका विभिन्न मेडिकल, डेन्टल र फार्मेसी कलेजबाट ६३ जनाले भाग लिएका थिए। यो हप्ताको क्विजमा काठमाडौँ यूनिवर्सिटी स्कुल अफ मेडिकल साइन्सेसका शरद कोत्रिवाला प्रथम, पाटन एकेडेमी अफ हेल्थ साइन्सेसका अभय कुमार कुशवाहा दोस्रो र  काठमाडौँ यूनिवर्सिटी स्कुल अफ मेडिकल साइन्सेसकी स्मृति भट्टले तेस्रो स्थान प्राप्त गरेका छन्। 

अल नेपाल इन्टर कलेज फर्माकोलोजी क्विज प्रतियोगिता - प्रथम सप्ताह ( डिसेम्बर २२ देखि २८ ) का अन्य विजेताहरूमा चौथो सत्यम मण्डल ( बि पी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेस), पाचौ तर्क राज थापा माझी (काठमाडौँ मेडिकल कलेज), छैटौँ आरजू  भट्ट  (पाटन एकेडेमी अफ हेल्थ साइन्सेस), सातौ श्याम कुमार शाह (पाटन एकेडेमी अफ हेल्थ साइन्सेस), आठौँ प्रदिषा प्रधान (मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस), नवौँ अजित पाण्डे (काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस), दशौ राजीना श्रेष्ठ (इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन युनिभर्सिटी ) रहेका छन्। 

यस प्रतियोगितामा इच्छुक सबैले भाग लिन मिल्ने क्विज प्रतियोगिताका संयोजक फर्माकोलोजीका सहायक प्रोफेसर सञ्जय मणि दीक्षितले जानकारी दिएका छन् । भौतिक रूपले कुनै एकै ठाउँमा भेला हुन नपर्ने र एपको मध्यमबाट गर्न लागिएको हुनाले देशभरका सबै ठाउँका विद्यार्थीहरूले सहजै यस क्विजमा भाग लिन सक्ने हुनाले यस्तो प्रतियोगिताको आयोजना गरिएको उनले बताए । उनका अनुसार एन्ड्रोइड र आइओएस दुवैमा यो एप उपलब्ध छ। प्रतियोगिता सफल पार्न  काठमाडौं मेडिकल कलेजको फर्माकोलोजी विभागमा कार्यरत डा. विनय श्रेष्ठ, डा. विनोद राउत, सञ्जय दीक्षित, युरिक रञ्जित, डा. आशिष भट्टराई, डा. ज्योति भारती, डा. अन्ना आचार्य, डा. सृजना चौधरी, डा. देवीका थापा र डा. मजुम प्रधान लगायतको टोली सक्रिय रूपमा लागि परेको छ ।

यो प्रतियोगितामा हरेक हप्ता प्रथम, दोस्रो र तेस्रो हुनेलाई रु. १००००, ५००० र ३००० प्रदान गरिने र चौथो देखि दशौँ स्थानमा आउनेलाई सान्त्वना पुरस्कारका रूपमा रु. १००० उपलब्ध गराइने संयोजक दीक्षितले बताएका छन् । नेपालको कुनै पनि मेडिकल, डेन्टल र फार्मेसी कलेजमा स्नातक तहमा अध्ययन गर्दै गरेका र अध्ययनको तयारीमा रहेका विद्यार्थीले यो प्रतियोगितामा सहभागिता जनाउने सक्नेछन्।

प्रतिक्रिया दिनुहोस