aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

भारतमा जनवरी १ देखि यी सेवा तथा बस्तुमा कर बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
भारतमा जनवरी १ देखि यी सेवा तथा बस्तुमा कर बढ्दै

एजेन्सी । भारतमा जनवरी २०२२ देखि धेरै चीजहरूमा कर (जीएसटी) बढ्दै छ। लुगा, जुत्ता र चप्पल किन्नदेखि लिएर सार्वजनिक सवारी साधानको अनलाइन बुकिङसम्म महँगो हुने छ । जनवरी १ देखि कपडा र जुत्तामा १२ प्रतिशत जीएसटी लाग्ने छ । भारतमा सरकारले कपडा, रेडिमेड र जुत्तामा ७ प्रतिशत जीएसटी बढाएको छ । जनवरी १ देखि रेडिमेड गार्मेन्टमा जीएसटी दर ५ प्रतिशतदेखि १२ प्रतिशत सम्म बढ्नेछ । यसले तयारी पोशाकको मूल्य बढाउँने छ । 

यस बाहेक अनलाइन एप मार्फत अटो रिक्सा वा क्याब बुकिङमा ५ प्रतिशत जीएसटी लगाइने छ । तर, अनलाइनबाट बुक नगरी यात्रा गर्नेलाई भने भाडामा कुनै परिवर्तन हुने छैन । खाद्य डिलिवरी एपहरूले पनि नयाँ वर्षदेखि ५ प्रतिशत जीएसटी लगाउनेछन् । तर, सरकारले यो कर ग्राहकबाट नभई एप कम्पनीबाट लिने स्पष्ट भइसकेकाले यसले प्रयोगकर्तालाई खासै फरक पार्ने छैन ।

नयाँ वर्षमा कर छली रोक्न थप केही कदम चालिनेछ । यसमा जीएसटी  फिर्ताहरू प्राप्त गर्न आधार प्रमाणिकरण अनिवार्य बनाउनु, कर तिरेका व्यवसायहरूको लागि जीएसटीआर  फाइल गर्ने सुविधा बन्द गर्ने, आदि समावेश छन । 
 

प्रतिक्रिया दिनुहोस