aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

हिउँका कारण अमेरिकाको पूर्वी र पश्चिमी आवतजावत अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
हिउँका कारण अमेरिकाको पूर्वी र पश्चिमी आवतजावत अवरुद्ध

ग्लेन्वुड क्यानोन । अत्यधिक हिउँका कारण अमेरिकाको पहाडी क्षेत्रमा यातायात सेवामा समस्या भएको छ ।    हिउँका कारण अमेरिकाको पूर्वी र पश्चिमी क्षेत्रबाट आवतजावत गर्ने मुख्य मार्ग नै अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

देशको कोलोराडो राज्यमा पर्ने ग्लेन्वुड कान्योनलगायतका पहाडी क्षेत्रमा अत्यधिक हिउँ परेको र जनजीवन नराम्रोसँग प्रभावित भएको जनाइएको छ । हिउँ चट्टानको रुपमा रहेकाले तत्काल हटाउन पनि गाह्रो भएको अधिकारीहरुले जनाएका छन् । 

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी तथा स्वयम्सेवकहरुसमेत खटाइएको भए पनि सन्तोषजनक प्रगति हुन नसकेको उनीहरुको भनाइ छ ।     राष्ट्रिय मौसम सेवाले धेरै ठाउँमा चार फिटसम्म हिउँ परेको पाइएको जानकारी दिएको छ । हिउँ परेको क्षेत्रमा यात्रा गरेका कतिपय सवारी साधन बिग्रिएका छन् भने कतिपय यात्रु पनि घाइते र बिरामी भएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस