aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ओमिक्रोन र भारी हिमपातका कारण अमेरिकामा एक हजार उडान रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ पुस २०७८
ओमिक्रोन र भारी हिमपातका कारण अमेरिकामा एक हजार उडान रद्द

एजेन्सी । अमेरिकामा कोरोना ओमिक्रोनको बढ्दो केसले उडान सञ्चालनमा पनि असर गरिरहेको छ । बिहीबार राति प्रकाशित न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार झण्डै एक हजार उडान रद्द गरिएको छन । चाडपर्वमा यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । एयरलाइन्स कम्पनीहरूसँग कर्मचारीको अभाव छ। कम्पनीहरुले धेरै प्रयास गरेपनि कर्मचारी समायोजनमा समस्या छ । तर, हिमपात र खराब मौसम पनि उडान रद्द हुनुको कारण हो । शुक्रबार ५०० उडान रद्द हुने अनुमान गरिएको छ ।

अमेरिकामा ओमिक्रोनको बढ्दो केसका कारण कोरोनाको केस लगातार बढिरहेको छ । न्यूयोर्क टाइम्सका अनुसार बुधबार यहाँ कोरोनाको रेकर्ड ४.८८ लाख नयाँ केस दर्ता भएका छन् र १२०७ जनाको मृत्यु भएको छ। मंगलबार यहाँ ३ लाख ८८ हजार कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २ हप्तामा अमेरिकामा अस्पताल भर्ना हुने बिरामीको संख्या ११% ले बढेको छ।

चीनको शान्सी प्रान्तको सियान सहरमा सबै कडाइका बाबजुद पनि संक्रमितको संख्या बढ्दै गएको छ । देशको आधिकारिक पत्रिकाका अनुसार बिहीबारसम्म यहाँ १११७ जनामा ​​संक्रमण देखिएको छ । बिहीबार जम्मा १ सय ५५ जना संक्रमित भेटिएका छन् । 

अधिकारीहरूका अनुसार सबैभन्दा चिन्ताको कुरा यो हो कि सबै केसहरू स्थानीय प्रसारणका हुन्। अर्को शब्दमा भन्ने हो भने स्थानीय तहमा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । शहरको जनसंख्या १३ मिलियन छ । चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्ममा मानिसहरूले आफूसँग खानेकुरा सकिएको गुनासो गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस