aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ पुस २०७८
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । पुस १४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।  

त्यस्तै, बैठकमा चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन/प्रयोगात्मक अभ्यास/इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृत दिने समेत निर्णय गरिएको छ । 

टाक्टार लामाजुरा सडकखण्डको ट्रयाक ओपन गर्न सोलेखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्र २.५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने समेत बैठकमा निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए । 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

प्रतिक्रिया दिनुहोस