aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एकैदिन विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ पुस २०७८
एकैदिन विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

एजेन्सी । कोरोना भाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २,८०० भन्दा बढी उडानहरू रद्द भएका छन् । झन्डै १२,००० भन्दा बढीको उडानमा विलम्ब भएको ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ।

‘हामी २ जनवरी २०२२ भन्दा पहिले निर्धारित गैरआवश्यक यात्रा गर्ने यात्रुहरूलाई हाम्रो लचिलो ट्राभल नीति प्रयोग गरी आफ्नो यात्रालाई पछिको मितिमा परिवर्तन गर्न विचार गर्न दृढताका साथ आग्रह गर्दछौं’, जेटब्लुले विज्ञप्तिमा यात्रुहरूलाई अनावश्यक उडानहरू पुनस् तालिकाबद्ध गर्ने बारे सोच्न प्रोत्साहित गर्दै उक्त आग्रह गरेको छ ।  

ओमिक्रोन भेरियन्टले संयुक्त राज्य अमेरिकालाई नराम्ररी प्रभावित पारेको र  जाडो मौसमले थप उडानहरू रद्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस