एजेन्सी । अदानी समूहका मालिक गौतम अडानीको सम्पत्ति सन् २०२१ मा ३.१५ लाख करोड रुपैयाँ भारुले बढेको छ । ब्लूमबर्गको इन्डेक्स रिपोर्ट अनुसार रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको सम्पत्ति ६.८१ लाख करोड रुपैयाँ रहेको छ ।
उनको कमाई पूरै वर्षमा ९८,८००ण् करोड रुपैयाँ भारुले बढ्यो । जबकि गौतम अडानीले ३.१५ लाख करोड रुपैयाँ भारु कमाएका छन । उनको कुल सम्पत्ति ५.७२ लाख करोड रुपैयाँ भारु थियो । मुकेश अम्बानी विश्वको १२ औँ स्थानमा छन् भने अदानी १४औँ स्थानमा रहेका धनी व्यापारी हुन् ।
विश्वका शीर्ष १० अर्बपति व्यवसायीको सूचीमा कोही पनि भारतीय छैनन् । अदानीसँग कूल ६ वटा सूचिकृत कम्पनी छन् । तिनीहरूले सन् २०२१ मा लगानीकर्ताहरूलाई ठोस लाभहरू दिएका छन् । अदानी इन्टरप्राइजेजको स्टकले २.४५ गुणा रिटर्न दिएको छ । अदानी ट्रान्समिसनले २८८ प्रतिशत र अदानी टोटल ग्यासले ३५१ प्रतिशत नाफा गरेको छ ।
यस वर्ष मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको स्टकले १८.६ प्रतिशतको रिटर्न दिएको छ भने बीएसई सेन्सेक्सले २१ प्रतिशतको लाभ दिएको छ । रिलायन्सले सेन्सेक्सको तुलनामा कम नाफा दिएको छ । तर अम्बानी अझै पनि एसियाकै धनी व्यापारीको सूचीमा छन् । अडानी तेस्रो नम्बरमा छन् । तर फेरि यी दुईबीच ९० हजार करोडको अन्तर छ ।
अजीम प्रेमजीको सम्पत्ति ३.१३ लाख करोड रुपैयाँ थियो। उनले एक वर्षमा १.२० लाख करोड रुपैयाँ कमाए । डीमार्टका प्रवर्द्धक तथा लगानीकर्ता आर.के. दमानीले यस वर्ष ९.५१ अर्ब डलर कमाएका छन् भने उनको कुल सम्पत्ति १.८५ लाख करोड रुपैयाँ थियो । एभिन्यू सुपर मार्टको शेयर ६ हजार रुपैयाँ नजिक पुगेको थियो । तर असोज महिनामा यो स्टकमा भारी गिरावट आएर ४ हजार रुपैयाँभन्दा तल पुगेको थियो ।
अजीम प्रेमजीको कम्पनी विप्रोको स्टकले यो वर्ष लगानीकर्ताहरूलाई ८४ प्रतिशत कमाएका छन । दमानीको एभिन्यू सुपरमार्टले सोही अवधिमा ६६ प्रतिशत प्रतिफल दिएको छ । एचसीएल टेकको शिव नाडरको सम्पत्ति २.४७ लाख करोड रुपैयाँ थियो । यसले ६३,००० करोड रुपैयाँ भारुले बढेको देखाएको छ । यो वर्ष पनि स्टक ३९ प्रतिशतले बढेको छ । अन्य अर्बपतिहरूमध्ये सावित्री जिन्दल र कुमार मंगलम बिर्लाले ३८–३८ हजार करोड रुपैयाँ कमाएका छन । सन फार्माका दिलीप संघवीको सम्पत्ति ३३ हजार करोड रुपैयाँ रहेको छ ।
डीएलएफका केपी सिंहको सम्पत्ति २७.४ हजार करोडले बढेको छ भने नायकको फाल्गुनी नायरको सम्पत्ति २२.८ हजार करोडले बढेको छ । भारतकी सबैभन्दा धनी महिला सावित्री जिन्दल हुन् । जसको सम्पत्ति ९८,८०० करोड रुपैयाँ भारु छ ।
प्रतिक्रिया दिनुहोस