aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

छात्रवृत्तिमा निजी विद्यालयको मोलमोलाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
छात्रवृत्तिमा निजी विद्यालयको मोलमोलाइ

काठमाडौं । विद्यालय तहमा उपलब्ध गराउनुपर्ने छात्रवृत्तिमाथि झुटको खेती हुने गरेको पाइएको छ ।

निजी विद्यालयले विभिन्न बाहनामा १० प्रतिशत छुट दिने गरेको नक्कली रेकर्ड तयार पार्ने गरेका छन् ।

निजी विद्यालयहरूले एउटै परिवारको तीन जना भए एकजनालाई छुट, विद्यालयमा कार्यरत शिक्षकका छोराछोरी र आफन्तलाई छुट, विद्यालय सञ्चालकका नजिकका नातेदारलाई छुट दिएर झुटो विवरण तयार पार्ने गरेको स्थानिय तहले दाबी गरेका छन् ।

काठमाडौंस्थित नागार्जुन नगरपालिकाका प्रवक्ता थुमराज केसीका अनुसार आफन्तलाई भर्ना गरेर छात्रवृत्तिको तथ्यांक तयार पार्ने गरेका छन् ।

उनले भने, निजी विद्यालयले १० प्रतिशत त पु¥याउँछन् । तर, नातागोतालाई भर्ना गरेर हो । वास्तविक विद्यार्थीले छात्रवृत्ति नपाएको यथार्थ हो ।’ उनले गरीवि परिचयपत्र वितरण नहुँदा पनि छात्रवृत्ति कार्यक्रममा समस्या देखा परेको बताए ।

भरतपुर महानगरपालीकाका प्रवक्ता अरुणपीडित भण्डारी छात्रवृत्ति उपलब्ध गराउने विषयलाई कार्यान्वयन गर्ने चरणमा आफूहरू रहेको बताएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस