aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अझै रोकिएन रोनाल्डो आतंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
अझै रोकिएन रोनाल्डो आतंक

खैरहनी नगरपालिका १२ को जनकपुर टोलमा सोमबारराति जंगली हात्ती ‘रोनाल्डो’ पस्यो ।

रोनाल्डोले होमनाथ धमलाको घरभित्र पसेर थन्क्याएको करिब चार क्विन्टल धान लगेर बारीमा पोख्यो । केही खायो, बाँकी छरेर नोक्सान गर्यो ।

गोविन्द प्रसाद भट्टको काठको भकारी भत्काउन लाग्दा परिवारले थाहा पाए र सबै गाउँले मिलेर लखेटे । गाउँकै रेशमराज भट्टको खेतमा रोपेको धानबालीमा समेत क्षति गरेको छ ।

करिब १० कट्ठामा रहेको धानबाली नष्ट गरेको सो वडाका अध्यक्ष टीकाराम तिमल्सिनाले बताए । कुमरोज मध्यवर्ती सामुदायिक वन नजिक बस्तीमा बेलाबेलामा हात्तीले दुःख दिने गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस