aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

श्रीलङ्कामा मुद्रास्फीति १२.१ प्रतिशत कायम, खाद्यान्नको मूल्यमा उच्च वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ पुस २०७८
श्रीलङ्कामा मुद्रास्फीति १२.१ प्रतिशत कायम, खाद्यान्नको मूल्यमा उच्च वृद्धि

कोलम्बो । सन् २०२१ को डिसेम्बर महिनामा श्रीलंकाको मुद्रास्फीति बढेर १२.१ प्रतिशत कायम भएको छ । नोभेम्बरको तुलनामा यो २।२ प्रतिशतको वृद्धि हो । मुद्रास्फीतिसँगै श्रीलङ्काको खाद्यान्नको मूल्यमा उच्च वृद्धि भएको देखिएको छ । वार्षिक औसत आधारमा मापन गरिएको कोलम्बो उपभोक्ता मूल्य सूचीमा भएको परिवर्तन नोभेम्बरमा ५.३ प्रतिशतबाट डिसेम्बरमा ६.० प्रतिशत पुगेको श्रीलङ्का न्युज रेडियोले आफ्नो समाचारमा जनाएको छ । 

केन्द्रीय बैंकले मुद्रास्फीति वृद्धिको मुख्य कारण आपूर्ति श्रृंखलाका कारकहरू भएको एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । खाद्य तथा गैर–खाद्य दुवै श्रेणीमा वस्तुहरूको मूल्यमा मासिक वृद्धिले गर्दा मुद्रास्फीति भएको कुरा उल्लेख गरेको न्युज रेडियोले केन्द्रीय बैंकका अधिकारीलाई उद्धृत गरी लेखेको छ । 

सन् २०२१ को डिसेम्बरमा खाद्य मुद्रास्फीति १७.५ प्रतिशतबाट बढेर २२.१ प्रतिशत पुग्यो भने सन् २०२१ को डिसेम्बरमा गैर–खाद्य मुद्रास्फीति सन् २०२१ को नोभेम्बरमा ६.४ प्रतिशत रहेकोमा बढेर ७.५ प्रतिशत पुगेको छ । एएनआई

प्रतिक्रिया दिनुहोस