aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कांग्रेसमा महिलाको अभाव, मनोनयन गरेर पनि ३३ प्रतिशत पुगेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
कांग्रेसमा महिलाको अभाव, मनोनयन गरेर पनि ३३ प्रतिशत पुगेन

काठमाडौं । नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ ।

अब मनोनित गर्न २३ जना बाँकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । कांग्रेस विधानमा ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ । जसमध्ये सभापति देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गर्नुभएको छ । १० मध्ये २ जना महिला परेका छन् ।

यसअघि, कार्यसमितिमा सभापतिसहित १ सय ३५ जना निर्वाचित हुँदा महिलाको संख्या ४१ थियो । निर्वाचित हुने ४१ जनामा सहमहामन्त्री एक, महिला खुलातर्फ ९, प्रत्येक प्रदेशबाट महिला कोटाबाट आएका ७, खसआर्य महिलातर्फ ६, आदिवासी जनजाति महिलातर्फका ७, मधेसी महिलातर्फका ४, दलित महिलातर्फका ४, थारु महिलातर्फ २ र मुस्लिम महिलातर्फ १ गरी जम्मा ४१ जना निर्वाचित भएका थिए ।

 निर्वाचित सबै आरक्षण कोटाबाट मात्र आएका हुन् ।काठमाडौं । नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ ।

अब मनोनित गर्न २३ जना बाँकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । कांग्रेस विधानमा ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ । जसमध्ये सभापति देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गर्नुभएको छ । १० मध्ये २ जना महिला परेका छन् ।

यसअघि, कार्यसमितिमा सभापतिसहित १ सय ३५ जना निर्वाचित हुँदा महिलाको संख्या ४१ थियो । निर्वाचित हुने ४१ जनामा सहमहामन्त्री एक, महिला खुलातर्फ ९, प्रत्येक प्रदेशबाट महिला कोटाबाट आएका ७, खसआर्य महिलातर्फ ६, आदिवासी जनजाति महिलातर्फका ७, मधेसी महिलातर्फका ४, दलित महिलातर्फका ४, थारु महिलातर्फ २ र मुस्लिम महिलातर्फ १ गरी जम्मा ४१ जना निर्वाचित भएका थिए । निर्वाचित सबै आरक्षण कोटाबाट मात्र आएका हुन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस