
एजेन्सी । विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेको छ । अमेरिकी तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ ।
चीन जनसंख्या १ अर्ब ४० करोड, भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको विभागको अनुमान छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ । त्यस्तै, अमेरिकाको जनसंख्या ३३ करोड २० लाख, इण्डोनेसिया जनसंख्या २७ करोड ५० लाख, पाकिस्तान २३ करोड ८० लाख रहेको छ ।
सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ ।
व्यूरोका अनुसार आगामी केही दशक कंगो, इजिप्ट, इथोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिकामा जनसंख्या बढ्ने छ । यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्ने छ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने विभागले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस