aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ पुस २०७८
अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द

अमेरिका । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन्।

आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो ।  जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उदृत द  हिलले  जानकारी दिएको छ । 

द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ ।
आइतवार र क्रिसमसको पूर्वसन्ध्या लगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजार भन्दा बढी उडानहरू रद्द गरेका छन् फ्लाइटअवेयर तथ्याङ्कले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस