aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या

बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ । भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षिया लक्ष्मी चदराको बलात्कारपछि हत्या भएको नेपाली राजदूतावासले जनाएको छ ।

उनको घर बाजुराको बुढिगंगा नगरपालिका–१ कुडी हो । बालिकाका बुबा देव चदरा र आमासँगै भारतमा बस्दै आएकी थिइन् ।

साउन ३ गते सक्कपुरको डी ब्लक ११३ (ए) नम्बरको घरमा बलात्कारपछि हत्या भएको नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारीले टेलिफोनमा बताए ।


उनको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ । सनुलाई भारतीय प्रहरीले पक्राउ समेत गरिससेको छ । बुबा देव सनुकै घरको चौकीदारी गर्ने गरेका थिए । आमा त्यसै घरमा सनुको होस्टेलमा खाना पकाउने गर्थिन् ।  यो खबर आजको आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस