aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

माओवादीले टुङ्गो लगायो राष्ट्रियसभाका उम्मेदवार, को को परे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
माओवादीले टुङ्गो लगायो राष्ट्रियसभाका उम्मेदवार, को को परे ?

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाएका हुन् । 

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । 

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही आधारमा अध्यक्षले आज उम्मेदवारको टुङ्गो लगाएको उनको सचिवालयले पुष्टि गरेको हो । 

राष्ट्रियसभाको रिक्त हुन लागेको १९ सिटमा आज मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ । सत्तारुढ गठबन्धनले संयुक्त उम्मेदवार खडा गर्ने र संयुक्त रुपमा नै दर्ता गर्ने तयारी गरेका छन् । सोमबार बिहान बसेको गठबन्धनको बैठकले भागवण्डाका आधारमा उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस