aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ पुस २०७८
डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

कोपेनहेगन । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।

डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो । यता डेनमार्कमा भने ओमिक्रोनको  सङ्क्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन् । सिन्ह्वा   

प्रतिक्रिया दिनुहोस