aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

उत्तर कोरियाद्वारा ‘बलिस्टिक’ क्षेप्यास्त्र परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ पुस २०७८
उत्तर कोरियाद्वारा ‘बलिस्टिक’ क्षेप्यास्त्र परीक्षण

सिओल । उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको रक्षामन्त्रीले बताएका छन। दक्षिण कोरिया सरकारले पुष्टि गर्नुअघि प्रक्षेपणबारे जापानी तटरक्षक निकायले समुद्रमा पहिलो पटक जानकारी दिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाद्वारा यस प्रतिबन्धको पालना गरेको पाइदैन । 

दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले थप विवरणहरूको विश्लेषण गरिरहेका दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफ ९जेसीएस० ले जानकारी गराएको छ । संयुक्त राज्य अमेरिकाले बुधबार उत्तर कोरियाले शंकास्पद ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गरेको छ । साथै, उत्तर कोरियाली अधिकारीलाई भड्किलो गतिविधि त्याग्न र वार्तामा बस्न प्योङयाङलाई आग्रह गरेको छ ।

“यो प्रक्षेपण संयुक्त राष्ट्र सुरक्षा परिषदका धेरै प्रस्तावनाहरूको उल्लङ्घन हो र यसले उत्तर कोरिया छिमेकीहरू र अन्तरराष्ट्रिय समुदायको लागि खतरा उत्पन्न गर्छ,”अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बताए ।उनले भने, “हामी उत्तर कोरियासँगको कूटनीतिकसम्बन्ध कायम गर्ने दृष्टिकोणप्रति प्रतिवद्ध छौं र वार्तामा सहभागी हुन आह्वान गर्दछौं ।” 

प्रतिक्रिया दिनुहोस