aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

‘बुद्धको दर्शनले विश्वको ध्यान तानेको छ, बाग्मती प्रदेशमा मात्रै १६२९ वटा गुम्बा छन्’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • विहीबार, २२ पुस २०७८
‘बुद्धको दर्शनले विश्वको ध्यान तानेको छ, बाग्मती प्रदेशमा मात्रै १६२९ वटा गुम्बा छन्’

काठमाडौं । उपल्लो मुस्ताङको मराङ गाउँमा रहेको घ्याकर गुम्बा विश्वमा नै पुरानो गुम्बा हो । जुन गुम्बाको स्थापना आठौं शताब्दीमा गुरु पद्म सम्बाले गरेका थिए । यो गुम्बा धार्मिक सांस्कृतिक र पुरातात्तित्वक दृष्टिले पनि महत्वपुर्ण रहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङ बताउँछन् ।

उनका अनुसार मुस्ताङको गुम्बा निर्माण गरेको एक वर्षपछि पद्य सम्बाले चीनको तिब्बतमा गएर साम्बे गुम्बानिर्माण गरेका हुन् । उनले भने,‘चीनको तिब्बतमा रहेको गुम्बा साङगे गुम्बा सबैभन्दा ठुलो गुम्बा हो मुस्ताङको गुम्बा निर्माणको एक वर्षपछि गुरु पद्यम सम्बाले नै त्यहाँ गएर त्यो गुम्बानिर्माण गरेको बौद्ध धर्ममा विश्वास रहेको छ ।’

उनका अनुसार गुम्बाहरुमा पनि ञिङपा, कग्र्युया, साक्यपा र गेलुक्पा सम्प्रदायका गुम्बाहरु हुने गर्छन् । नेपालको सबैभन्दा पुरानो सम्प्रदायको गुम्बा ञिङपा गुम्बा हो । यस अन्तर्गत २२९२ वटा गुम्बाहरु रहेका छन् । भने कग्र्युया अन्तर्गत २९६ वटा गुम्बा, साक्यपा अन्तर्गत १०७ वटा र गेलुक्पा सम्प्रदायको ४१ वटा गुम्बाहरु रहेका निर्देशक दोङले बताए ।

गुम्बा विकास समितिका अनुसार दर्ता भएका गुम्बा र विहार नेपालका ६४ वटा जिल्लामा रहेका छन् । जसमा प्रदेश नम्बर एकका १४ जिल्लामा ५१३ वटा, प्रदेश नम्बर २ का ८ जिल्लामा ११५ वटा, बाग्मती प्रदेशका १३ वटा जिल्लामा १६२९ वटा, गण्डकी प्रदेशका १० वटा जिल्लामा ३०५ वटा, प्रदेश नम्बर ५ का १० जिल्लामा ६२ वटा, कर्णाली प्रदेशका ५ जिल्लामा२१३ वटा र सुदुरपश्चिम प्रदेशमा ५ जिल्लामा २९ वटा गुम्बाहरु रहेका छन् ।

दर्ताभएका गुम्बाहरुमध्ये १ हजार वर्षभन्दा पुराना गुम्बाहरुको सङख्या ३२ वटा रहेका छन् । भने ५ सयदेखि १ हजार वर्षसम्म पुराना गुम्बाहरु १०७ वटा रहेका छन् । १ सयदेखि ५सय वर्ष पुराना गुम्बाहरु ४४० वटा, १ सय वर्षभन्दा पुरानो गुम्बाहरु २२४४ वटा र स्थापना मिति उल्लेख नभएका गुम्बाहरु ४३ वटा रहेका उनले बताए ।

दोङका अनुसार स्थानीय तहमा दर्ता भएका गुम्बाहरुको मर्मत र संम्भार र संरक्षणका लागि गुम्बा व्यवस्थापन केन्द्रले केही अनुदान दिने गरेको छ । तर, नयाँ गुम्बा निर्माणका लागि भने अनुदान दिने नगरेको उनी बताउँछन् । उनी भन्छन्, ‘स्थानिय तहमा दर्ता भएका पुराना गुम्बाहरुको मर्मत संरक्षण र व्यवस्थापनका लागि हामीले केही अनुदान दिने गरेका छौ । नयाँ गुम्बा दर्ता गर्न भने अनुदान दिएका छैनौँ।’

२०७२ सालको भुकम्पमा देशभर १३ सय गुम्बाहरु ध्वस्त भएको उनले बताए । उनले भने, ‘नेपालमा रहेका गुम्बाहरुमध्ये १३ सय गुम्बाहरु २०७२ सालको भुकम्पमा ध्वस्त भए तर पुननिर्माण प्राधिकरणले सबै गुम्बाहरुको  मर्मत संम्भार र पुननिर्माण गर्ने निर्णय गरेपछि ४ सय गुम्बाहरुको मर्मत संम्भार भएको छ । जसमध्ये २९४ गुम्बाहरुको मर्मत भने पुननिर्माण प्राधिकरणले गरेको हो ।

भुकम्पले क्षति पुर्याएका आठ सय गुम्बाहरु भने पुननिर्माण नै गर्नुपर्ने अवस्थामा रहेका थिए । ती गुम्बाहरु भने गत सालदेखि सरकारले निर्माण थालेको छ । उनले भने, ‘गत साल १ सय गुम्बाहरुको निर्माण भयो । यस वर्ष १५२ वटा गुम्बाहरुको पुननिर्माण गरिरहेको छ । अन्य गुम्बाहरु निर्माणको तयारीमा छन् ।’

उनका अनुसार १ सय वर्षभन्दा पुरानो गुम्बाहरुको मर्मत स्थानीय सरकारले नै गर्ने गरेको छ । १ सय वर्षभन्दा माथिको पुराना गुम्बाहरुको मर्मत संम्भार, संरक्षण र व्यवस्थापन भने पुरातत्व विभागबाट निर्माणको प्रक्रियामा रहेको उनले जानकारी दिए ।

बुद्धको मुर्ती र सुनौलो अक्षरले लेखेका मुल्यवान धार्मिक ग्रन्थहरुको संरक्षण र रेखदेख सम्बन्धीत गुम्बाहरुले नै गर्ने गरेको उनले बताए । उनी भन्छन्, ‘बुद्धको मुतीर्, धार्मिक ग्रन्थहरुको संरक्षण र व्यवस्थापन गर्ने सम्बन्धित गुम्बाहरुले नै गर्छन् ।’

उनका अनुसार पहिलेको समाज सम्भ्रान्त भएकाले धार्मिक सम्प्रदाय भित्र आर्थिक पाटोलाई पनि उजागर गर्छ । कुनै पनि मन्त्रसुनले लख्दैमा उच्च हुने हँुदैन जेले लेखे पनि मन्त्र मन्त्र नै हो । त्यो समयको समाज सम्भ्रान्त थियो भन्ने जनाउँछ । सुनले लेखेका ग्रन्थ किराले नखाने भएकाले ग्रन्थहरु सुनले लेख्ने गरेको उनको मान्यता छ । त्यो समयमा मानिसले अध्यात्मलाई महत्व दिने गरेको उनले बताए ।

गौतम बुद्धले आफ्नो विलासीता छोडेर २९ वर्षको उमेरमा घर छोडेर बुद्धत्व प्राप्त गरे । उनको अध्यात्म र तपस्याले पछि उनले प्रतिपादन गरेको दर्शनले विश्वको ध्यान तानिएको उनले बताए ।

विदेशीहरु विकासमा फड्को मारेपनि भौतिक रुपमा सम्पन्न भएतापनि सत्य, शान्ति र मुक्तिको खाजीमा लाग्दा २६ सय वर्ष अघि बुद्धले प्रतिपादन गरेको दर्शनमा त्यो शान्ति र मुक्ति छ भन्ने लागेपछि गुम्बाको संरक्षण र व्यवस्थापनमा विदेशीहरुको चासो बढेको उनको भनाइ छ ।

दोङ भन्छन्, ‘बुद्धले प्रतिपादन गरेको त्यो अत्यन्त वैज्ञानिक तथ्यपरक र व्यवहारिक ज्ञान प्रति विदेशी आकर्षित भएका हुन् । बुद्धको त्यो दर्शनले विश्वको ध्यान तानिएको छ । त्यसैले गुम्बाहरुको संरक्षणमा विदेशी लगानी बढी आउने गर्छ ।’

अहिले त्रिभुवन विश्व विद्यालयमा केन्द्रीय बौद्ध अध्ययन विभाग रहेको छ । सरकारले पछिल्लो समयमा र लुम्बिनी विश्व विद्यालय पनि खोलेको छ । अमेरिकाको ७८ वटा विश्व विद्यालयमा बौद्धको पढाइ हुने गरेको छ ।

तर, विश्वको जुन विद्यालयमा बौद्धको पढाइ हुने भएता पनि बुद्ध धर्मको नभएर बुद्दको दर्शनको पढाइ हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘अमेकिाको ७८ वाट विश्व विद्यालयमा बौद्धको पढाई हुन्छ । तर बुद्ध धर्मको नभएर बुद्धको दर्शनको पढाइ हुने गरेको छ । हाम्रो बुझाइमा बुद्ध धर्मको मात्र चर्चा भयो दर्शनलाई बुझ्न सकिएन ।’

जन्म कै कारण कोही बुद्धिस्ट नहुने उनी बताउँछन् । दोङ भन्छन्, ‘जन्म कै आधारमा कोही बुद्धिस्ट हुँदैन । बुद्धिष्ट हुनलाई  ध्यान, तपस्या र शरण गर्नुपर्छ । ध्यान र साधनाले परिवर्तन सम्भव छ, भन्ने कुरा विज्ञानले पनि प्रमाणित गरिसक्यो ।’

विश्वमा जति पनि गुम्बाहरु निर्माण भएका छन् । ती सबै गुम्बाहरु धामिक कर्मकाण्ड गर्न मात्र गुम्बा निर्माण नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘बुद्धको दर्शन र व्यवहारिक ज्ञान प्रदान गर्नका लागि गुम्बाको निर्माण गरिएको हो धामिक कर्मकाण्ड गर्न मात्र गुम्बा बनाइएको हैन । गुम्बा भनेको एकान्तमा बसेर अध्ययन गर्ने थलो पनि हो ।’

प्रतिक्रिया दिनुहोस