aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न उजुरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ पुस २०७८
विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न उजुरी

काठमाडौं । नेपालका एक मात्र अर्बपति उद्योगी विनोद चौधरीको नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेको छ । विनोद चौधरी कांग्रेसको १४ औं महाधिवेशनबाट मधेरी आरक्षण कोटाबाट निर्वाचित भएका थिए ।  

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय भएका थिए । 

सोही पदकालागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र छैटौं स्थानमा रहँदै पराजित भएका थिए । चौधरीले २०७४ मा मात्र नेपाली कांग्रेसका सदस्यता लिएको उजुरीकर्ता डा यादवको उजुरीमा उल्लेख छ । 

विनोद चौधरी र उमेश श्रेष्ठ काग्रेसको केन्द्रीय सदस्य उम्मेदवार बन्न नपाउने

प्रतिक्रिया दिनुहोस