
एजेन्सी । एसियाका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी मुद्रा बण्डमार्फत ४ अर्ब डलर भित्र्याएको छ । यो ऋणपत्र तीन पटक भन्दा बढी सदस्यता लिएको थियो ।
कम्पनीले तीन चरणमा अमेरिकी डलर ऋणपत्र जारी गरेको थियो । १० वर्षको लागि २.८७५ प्रतिशतमा १.५ अर्ब डलर, १० वर्षको लागि ३.६२५ प्रतिशत १.७५ बिलियन डलर र ३० वर्षको लागि ३.७५० प्रतिशत ७५० मिलियन डलर जुटाएको छ ।
एसिया, युरोप र अमेरिकाबाट ऋणपत्रका लागि २०० भन्दा बढी अर्डर प्राप्त भएको कम्पनीले जनाएको छ । बण्डको वितरणलाई भौगोलिक हिसाबले हेर्दा ५३ प्रतिशत एसियामा, १४ प्रतिशत युरोपमा र ३३ प्रतिशत अमेरिकामा बाँडफाँड हुने गरेको छ ।
यी बन्डहरू उच्च गुणस्तरको निश्चित आय खातामा वितरण गरिने कम्पनीले जनाएको छ । कोष प्रबन्धकहरूलाई ६९ प्रतिशत बीमा कम्पनीहरूलाई २४ प्रतिशत, बैंकहरूलाई ५ प्रतिशत र सार्वजनिक संस्थानहरूलाई २ प्रतिशत ऋणपत्र मार्फत उठेको रकम विद्यमान ऋणको पुनर्कर्जामा प्रयोग गर्नेछ ।
रेटिङ एजेन्सी मुडीजले उक्त ऋणपत्रलाई ‘बीएए२’ रेटिङ दिएको छ भने एस एन्ड पी ग्लोबल रेटिङ्सले ‘बीबीबी प्लस’ दिएको छ । दुबैको बन्डमा ’स्थिर’ दृष्टिकोण देएको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । बोफा सेक्युरिटीज, सिटीग्रुप र एचएसबीसी यस मुद्दाको संयुक्त विश्वव्यापी संयोजक थिए ।
प्रतिक्रिया दिनुहोस