
काठमाडौं । जापानको करिब १० अर्ब ऋण स्विकार गर्ने नेपाल सरकारले निर्णय गरेको छ । विहीबार नेपाल सरकाका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन ।
त्यस्तै, आर्थिक वर्ष २०७८, ७९ को लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल पाँचसय २० रुपैयाँ निर्धारण गरेको छ । । नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत वितरण केन्द्र र प्रशारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने गर्नलाई अधिकार दिने निर्णय गरेको छ ।
गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोकेको छ । । प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ। भने निजगढको कोहल्वी तेत्तिस केबी सबस्टेशन निर्माणका लागि २ विगाह जग्गा नेपाल विद्युत प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस