
काठमाडौं, पुस १० । नेपालले एक करोड रुपैयाँ खर्च गरेर पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्ने भएको छ । नेपाल पर्यटन बोर्डले उक्त रकम निजी क्षेत्रमार्फत खर्चने भएको छ ।
यसका लागि बोर्डले कार्यक्रमको अयोजना गर्ने नेतृत्वदायी भूमिका निर्वाहको जिम्मा पनि निजी क्षेत्रलाई नै सुम्पेको छ । पर्यटन बोर्डले विगतका दुई वर्षको फरकमा गर्दै आएको हिमालय ट्राभलमार्गसँगै अब नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्न बुद्धिष्ट ट्राभल मार्ग हुने भएको छ ।
यो मार्ट यही पुस २६ देखि १२ गतेसम्म लुम्बिनीमा आयोजना हुने भएको छ । मार्ट आयोजनाको नेतृत्वदायि भूमिका बोर्डले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)लाई दिएको छ ।
बोर्डले चालू आर्थिक वर्षको बजेटमार्फत यो मार्ट आयोजना गर्न बजेट विनियोजन गरेको थियो । बोर्डले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयामको रूपमा विगत दुई वर्षदेखि सफलतापूर्वक आयोजना गरिरहेको विभिन्न ट्राभल तथा मार्टको भूमिका थप प्रभावकारी बनाउन नयाँ कार्यक्रम अगाडि सारेको हो ।
बोर्डका अनुसार यस अघि गेट वे टु हिमालयका रूपमा चिनाउने उद्देश्यका साथ आयोनजा गरिएको हिमालयन ट्राभल मार्ट र गेट वे टु बुद्धिष्ट सर्किटलाई थप प्रवद्र्धन गर्न तथा नेपाललाई बुद्धिष्ट पर्यटकीय गन्तव्यको रूपमा चिनाउन पनि उक्त मार्ट आयोजन गर्न लागिएको उल्लेख छ ।
यस्तो कार्यक्रमले नेपालको अन्तर्राष्ट्रिय स्तरमा छवि सराकात्मक हुने, पर्यटन प्रवद्र्धन थप प्रभावकारी हुने तथा गन्तव्यविकास र ब्राण्डिङ हुने पनि बोर्डले जानकारी दिएको छ ।
मार्ट कसरी आयोना गर्ने, कस्तो संरचना बनेको र अतिथिको व्यवस्थापनदेखि तयारीलाई केन्द्रित गरेर नाट्टाले तयार पारेको कार्यक्रमको खाका मंगलबार प्रस्तुत हुँदै छ । यस्तो खाका अनुसार कार्यक्रम व्यवस्थापनदेखि पाहुनाको स्वागत सत्कारसम्मका गतिविधि हुने पनि उल्लेख छ ।
कार्यक्रमका निम्ति आउने पाहुनालाई नेपाल पयृटन बोर्डले काठमाडौं उपत्यकाभित्र निःशुल्क साइटसिन, पोखरा, लुम्बिनी, चितवन घुमाउनेसहितको काम गर्ने भएको छ ।
बोर्डले विदेशी पाहुनलाई देखाउने नेपाल नै अन्तर्राष्ट्रिय छवि हुने भन्दै मेलामा आमन्त्रण गरिएका पाहुनको विशेष स्वागत, सत्कार तथा दृश्यावलोकनको जिम्मेवारी लिने छ । बोर्डले पाहुँना घुमाउनकै लागि आवश्यक गाडीका लागि सार्वजनिक सूचना पुस ६ गतेनै माग गरेको हो ।
पर्यटन प्रवद्र्धनकै नाममा बोर्डले चालू आर्थिक वर्षका लागि पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धनमा ३७ करोड, जनसम्पर्क तथा प्रचारप्रसारमा ३२ करोड बजेट छ ।
अनुसन्धान योजना तथा अनुगमनमा ५८ करोड, पर्यटन सम्पदा तथा संशाधन विकासमा २४ करोड र हिमालयन ट्राभलमार्टमा दुई करोड बजेट विनियोजन गरेको छ । बोर्डले चालू आवमा करिब १ अर्ब ७५ करोड खर्च गर्ने गरी बजेट बनाएको छ ।
प्रतिक्रिया दिनुहोस