aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

क्रिप्टोकरेन्सीको मूल्य सेप्टेम्बरयताकै न्यून

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ पुस २०७८
क्रिप्टोकरेन्सीको मूल्य सेप्टेम्बरयताकै न्यून

एजेन्सी । क्रिप्टोकरेन्सीको ठूलो बिक्रीमा बिटक्वाइन शुक्रबार ५ प्रतिशतले झरेर ४१,००० डलरभन्दा तल आइपुगेको छ । यो सेप्टेम्बरयताकै सबैभन्दा कम मूल्य हो । बिटक्वाइनको मूल्य शुक्रबारको ट्रेडिङको अन्त्यमा ३.७ प्रतिशतले गिरावट आएपछि ४०,९३८  डलरमा पुग्यो । जुन सेप्टेम्बर २९ यताकै न्यून हो । नोभेम्बरमा ४६९,००० को कीर्तिमानी उचाइमा पुगेपछि यो निरन्तर गिरावटमा रहेको छ । यो संसारको सबैभन्दा ठूलो र लोकप्रिय क्रिप्टोकरेन्सी हो । सेप्टेम्बरदेखि यसको मूल्य ४० प्रतिशतभन्दा बढीले घटेको छ ।

यसको मूल्यमा ठूलो अस्थिरता भए पनि विगत १३ वर्षमा बिटक्वाइन सबैभन्दा रुचाइएको मुद्रा बनेको छ । काजाकिस्तानमा इन्टरनेट बन्द भएपछि देशको बढ्दो क्रिप्टोकरेन्सी उद्योगलाई ठूलो झट्का लागेकोले बिटक्वाइन नेटवर्कको ग्लोबल कम्प्युटिङ पावर यस हप्ता तीव्र रूपमा घट्यो ।

क्रिप्टोकरेन्सीहरूमा बिटक्वाइनको बजार हिस्सा ३९.९२ प्रशित छ । नोभेम्बरमा यसको मूल्य ६९ हजार डलर पुगेको थियो । क्रिप्टोकरेन्सीको मूल्यहरु धेरै उतार चढाव हुन्छ । गत वर्षको सुरुमा क्रिप्टो मुद्रा बजारमा ठूलो उछाल आएको थियो।

क्रिप्टोकरेन्सीले २०२१ मा राम्रो संख्यामा लगानीकर्ताहरूलाई आकर्षित गरेको छ । बजारले सुरुमा उनीहरूलाई बलियो प्रतिफल दिएको थियो । तर अप्रिलको अन्त्य र मेको शुरुवाती हप्तामा बजारले जसरी फड्को मार्यो, त्यसले धेरै लगानीकर्ताको लगानी खेर गयो ।
 

प्रतिक्रिया दिनुहोस