aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जीप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेकाे अवस्था गम्भिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
जीप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेकाे अवस्था गम्भिर

दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नम्बरको बोलेरो जिप बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिकको भीरमा दुर्घटना भएको थियो । जीप दुर्घटनामा परेर मृत्यु हुनेको सनाखत भएको छ ।

बुधबार बिहान ५ बजेतिर भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेका छन् । उनीसँगै जीपमा सवार दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त घाइते भएका छन् ।

पुस्करको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । हिक्मतको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ ।

बाक्लो कुहिरो तथा साँघुरो सडक दुर्घटनाको कारण हुनसक्ने प्रहरीको अनुमान छ। पानी र कुहिरोका कारण घाइतेको उद्वार गर्न एवं मृतकको शव झिक्न अप्ठ्यारो भएको थियो ।

प्रतिक्रिया दिनुहोस