aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

महानगरले उठायो ६ अर्ब राजस्व, सबै भन्दा बढी घरबहालबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
महानगरले उठायो ६ अर्ब राजस्व, सबै भन्दा बढी घरबहालबाट

काठमाडाैं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा सबै भन्दा धेरै राजस्व घर बहालमा उठाएको छ । महानगरले घर बहालमा १ अर्ब राजस्व उठाएको छ । गत आर्थिक वर्षमा महानगरले जम्मा ६ अर्व रकम उठाएको राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । 

महानगरले यस बर्ष करको दरमा वृद्धि गरेको छैन । करको दायरा बढाउने उद्देश्यले बक्यौता हुने करदातालाई जरिवाना छुट गरेको छ । राजस्व बिभागका प्रमुख न्यौपानेका अनुसार– पूर्ण क्षति भएका घर वा ‘क’ बर्गका भूकम्पबाट प्रभावित घरधनीलाई पहिले जत्रै आवासीय घर बनाउँदा लाग्ने नक्सापास दस्तुरमा पूरै छुट दिएको जनाएको छ । 

त्यस्तै यदि कसैले व्यक्तिगत सम्पत्तिमा सार्वजनिक पार्किङका लागि स्थान उपलब्ध गराउँछ भने उसलाई सम्पत्ति करमा लाग्ने कर ५ बर्षका लागि छुट हुने व्यवस्था गरिएको छ । बहाल करबाट बार्षिक १ लाख रुपैयाँसम्म मात्र आम्दानी हुनेलाई बहाल करमा छुट गरेको न्यौपानेले बताए । 

नयाँ घर बनाउँदै कसैले परम्परागत शैली अबलम्बन गर्छ भने उसलाई नक्सा स्वीकृतिमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

धारा, बत्ती जडान गर्न शिफारिस लिन आउने करदाताले आफ्नो घर २१ सालको नापी नक्सामा घर उल्लेख भएको देखाउन सके १ हजार रुपैयाँमा शिफारिस दिने निर्णय गरिएका र अन्यले लागि यस शिफारिसका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने महानगरले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस