aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्षको पारिश्रमिक महिला समूहलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्षको पारिश्रमिक महिला समूहलाई

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफ्नो पारिश्रमिकवापतको केही रकम महिला समूहलाई प्रदान गरेका छन् । उनले आफ्नो वडाभित्रका महिला सदस्यको क्षमता अभिवृद्धिका लागि समूहलाई रु एकलाख प्रदान गरेका हुन् ।

गैँडाकोट–१६ भित्र रहेका विभिन्न १०  महिला समूहलाई शनिबार प्रतिसमूह रु १० हजारका प्रदान गरिएको थियो । उनले यसअघि आफ्नो पारिश्रमिकबाट अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर निर्माण गर्न रु ४० हजार, बेल्डिहा चौकीलाई सात  पङ्खा, विजय ज्योति आधारभूत विद्यालयलालई रु ६० हजार रकम बराबरको कुर्ची, कोरोनाका कारण वडाभित्र समस्यामा परेका परिवारलाई रु ६० हजार राहत, दुर्गा मन्दिरलाई २४ थान पङ्खा, आफ्नो बुवाको नाममा बाल उदय विद्यालयलाई रु एक लाख बराबरको कार्यालय सामग्री वितरणमा खर्च गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस