
एजेन्सी । विश्वका ११ औं धनी भारतीय व्यापारी मुकेश अम्बानीले आफ्नो १६ लाख करोड रुपैयाँको साम्राज्य अर्को पुस्तालाई हस्तान्तरण गर्ने योजनामा काम गरिरहेका छन् । रिलायन्स इन्डस्ट्रिजको जग धीरुभाई अम्बानीले राखेका थिए । धीरुभाईको पूरा नाम धीरजलाल हीराचन्द अम्बानी हो । व्यवसायिक क्षेत्रमा प्रवेश गर्दा उनीसँग न पैतृक सम्पत्ति थियो न त बैंक ब्यालेन्स । धीरुभाईको विवाह कोकिलाबेनसँग सन् १९५५ मा भएको थियो । उनीहरुका दुई छोरा मुकेश–अनिल र दुई छोरी दीप्ती र नीना छन् । ६ जुलाई २००२ मा धीरुभाईको मृत्यु पछि, उनकी पत्नी कोकिलाबेनले उनको सम्पत्ति बाँडफाँडमा प्रमुख भूमिका खेलिन ।
आकाश अम्बानी २०१४ मा ब्राउन विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री लिएपछि उनी पारिवारिक व्यवसायमा लागे । जियो प्लेटफर्म, जियो लि,साभ्न मिडिया, जियो इन्फोकम, रिलायन्स रिटेल भेन्चर बोर्डमा छन् । सन् २०१९ मा श्लोका मेहतासँग विवाह गरेकी थिइन् ।
ईशा अम्बानी येल र स्ट्यानफोर्डमा अध्ययन २०१५ मा पारिवारिक व्यवसायमा सामेल भइन । जियो प्लेटफर्म, जियो लि, रिलायन्स रिटेल भिन्चरको बोर्डमा छिन । ईशाले डिसेम्बर २०१८ मा व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग विवाह गरेकी छिन ।
अनन्त अम्बानी अमेरिकाको ब्राउन विश्वविद्यालयबाट अध्ययनपछि रिलायन्स न्यु इनर्जी, रिलायन्स न्यु सोलार इनर्जी, रिलायन्स ओटुसी, जियो प्लेटफर्मको बोर्डमा छन् । अम्बानी समूह भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको निगम हो । टेक्सटाइल र पोलिएस्टरबाट सुरु भएको कम्पनीको यात्रा आज ऊर्जा, सामग्री, रिटेल, मनोरञ्जन र डिजिटल सेवाहरूमा विस्तार भएको छन ।
रिलायन्सको एउटै स्थानमा विश्वको सबैभन्दा ठूलो रिफाइनरी छ । रिलायन्सको साम्राज्य बढेर आज २१७ अर्ब डलर पुगेको छ । यो न्युजिल्यान्ड, इरान, पेरु, ग्रीस, काजाकिस्तान जस्ता देशहरूको जीडीपी भन्दा बढी हो । रिलायन्स निजी क्षेत्रमा भन्सार र अन्तःशुल्क तिर्ने सबैभन्दा ठूलो निजी कम्पनी हा े। लगभग हरेक भारतीयले रिलायन्सको कुनै न कुनै उत्पादन वा सेवा प्रयोग गर्छन् ।
रिलायन्सको जामनगरमा एसियाकै ठूलो आँपको बगैंचा छ । यहाँ करिब १ लाख रुख र सयभन्दा बढी प्रजातिका आँपहरू छन् । यसले रिलायन्स भारतको आँपको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता बनाउँछ ।
रिलायन्स खेलकुदसँग पनि जोडिएको छ । २००८ मा, रिलायन्सले क्रिकेटको सबैभन्दा ठूलो लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई २०० मिलियन डलरमा किनेको थियो । रिलायन्सले इन्डियन सुपर लिग फुटबलको सुरुवात गरेको छ । टेनिस प्रतियोगिता पनि रिलायन्सले आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस