aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

म्यानमारकी नेत्री सुकीलाई थप जेल सजाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
म्यानमारकी नेत्री सुकीलाई थप जेल सजाय

याङ्गुन । म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ। नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ  । 

हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् । स्रोतले एएफपीलाई दिएको जनाकारी अनुसार  ७६ वर्षीय वृद्धालाई अवैध रूपमा वाकी टकीहरू आयात गर्ने र स्वामित्व राख्ने र कोरोनाभाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ ।

जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस