
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालन गर्न दिने दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि दोषी भेटिएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानबिन समितिले सोमबार मन्त्री प्रेमबहादुर आलेलाई बुझाएको प्रतिवेदनमा बतास समूह अन्तर्गतको बी म्यानेजमेन्टसँग भएको सम्झौतामै गर्दा दाहालले आफ्नो जिम्मेवारी पुरा नगरेको भन्दै दोषी देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
्
पूर्व स्वीकृति र समन्वय नगरी नयाँ संरचना निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र सम्वर्द्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख नगरेको ठहर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री प्रेम आलेले दोषीलाई कारबाही गर्नका लागि अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा समेत प्रतिवेदन पेश गर्ने बताए । सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘राज्यका सम्पत्ति दूरुपयोग गर्न अनुमति दिने निकायहरुलाई कारबाही हुन्छ ।’
प्रतिक्रिया दिनुहोस