aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

नेप्सेको सिइओका लागि भण्डारी, कार्की र श्रेष्ठ छनोट, सिइओ बन्ने चान्स कसको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
नेप्सेको सिइओका लागि भण्डारी, कार्की र श्रेष्ठ छनोट, सिइओ बन्ने चान्स कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) तीन जनाको नाम छनोट भएका छन् । आज बसेको  नियुक्ती सिफारिस समितिको बैठकले डा. रमेशकुमार भण्डारी, डा. केशवप्रसाद श्रेष्ठ र कुष्णबहादुर कार्कीको नाम सिफारिस गरेको सिफारिस समितिका एक सदस्यले बताए ।

उनका अनुसार आजको बैठकले तीन जनाको नाम सिफारिस गरेर मन्त्रालय पठाएका हो । अब मन्त्रीपरिषदले तीन जनाबाट योग्य एक जनालाई सीइओमा नियुक्त गर्ने छ ।  

सिफारिसमा परेका तीन जनामध्ये कार्की नेकपा माओवादी निकट भनेर चिनिन्छन् । उनी सिंचाई मन्त्रालयबाट सेवानिवृत्त भएका निजामति कर्मचारी हुन । स्रोतका अनुसार शेयर बजारका दुई वटा निकायमा नेपाली काग्रेस, माओबादी र निक्षेप तथा कर्जा सुरक्षण कोषमा नेकपा एमाले (एकिकृत समाजवादी)ले भागबण्डा गरेका छन् । नेप्से माओवादीको भागमा परेकाले अर्थमन्त्री जनार्दन शर्मासँग नजिक मानिएका कार्कीले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पाउने सम्भावना रहेको स्रोतले बताएको छ । 

त्यस्तै, डा. श्रेष्ठले धितोपत्र बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएका छन् । उनी भने शेयर बजारमा प्रत्यक्ष लगानीकर्ता र प्रशिक्षकका रुपमा देखिएकाले शेयर बजारको नियामक निकायमा उनलाई नियुक्त गर्ने सम्भावना कम रहेको स्रोतले बताएको  छ । 

अर्का डा. भण्डारी शेयर बजारमा नै आफ्नो विद्यावारिधि गरेका भएपनि उनले हालसम्म कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएकाले उनलाई कांग्रेस र माओवादीको भागमा परेको नेप्सेमा सिइओ नियुक्ती पाउने चान्स कम रहेको स्रोतले बताएको छ । 

११ जना आवेदकबाट पाँच जनाको नाम विहीबार मन्त्रालयको वेवसाइटमा सूचना प्रकाशित गरेको छ । विहीबार सार्वजनिक गरेको सर्टलिष्टमा कृष्णबहादुर कार्की, डा. केशबप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारीको नाम सार्वजनिक गरेको थियो । 

छनौट समितिले सार्वजनिक गरेको सूचिमा कृष्णबहादुर कार्की शेयर बजारमा नयाँ व्यक्ति भएपनि सरकारी कर्मचारीबाट सेवानिवृत्त रहेर बुढिण्डकी जलविद्युत आयोजनामा परियोजना संयोजकमा कार्यरत व्यक्ति हुन ।

 त्यस्तै डा. रमेशकुमार भण्डारी शेयर बजारसँग सम्बन्धीत लामो समयसम्म काम गरेका व्यक्ति हुन । डा. भण्डारीले करिब सात वर्ष ग्रोमोर मर्चेन्ट बैकमा काम गरेर आरबीबी मर्चेन्ट बैंकिंगमा प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन ।  त्यस्तै, डा. केशवप्रसाद श्रेष्ठ शेयर बजारका प्रशिक्षकका रुपमा चिनिन्छन् । 

नेप्सेमा प्रमुख कार्यकारी अघिकृत बन्नका लागि नेप्सेका कर्मचारी निरन्जन फुयाल र प्रविण पन्दाक, डा जिवन अम्गाइ, डा केशव श्रेष्ठ डा रमेशकुमार भण्डारी, बद्रिप्रसाद प्याकुरेल, कृष्णबहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे गरि ११ जनालले आवेदन दिएका थिए । 

नेप्सेका तत्कालिन सिइओ चन्द्रसिंह साउद सर्वोत्वम सिमेन्टको इन्साइडर कारोबार काण्डमा मुछिएपछि आफ्नो कार्यकाल केहि महिना बाँकी छदै राजीनामा दिएपछि उक्त पद खालिरहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस