aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

बैंकहरुले जथाभावी बिमा बेच्न नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
बैंकहरुले जथाभावी बिमा बेच्न नपाउने

काठमाडाैं । मौद्रिक नीतिले बैंकहरुले जथाभावी बिक्रि गर्दै आएको बिमा सम्बन्धि व्यवस्थामा कडाइ गरेको छ । अब बैंकहरुले आफुखुसि आकर्षक बिज्ञापन गर्दै बिमा बेच्न नपाउने भएका छन् । 

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

 गभर्नर चिरन्जीवी नेपालले आज सार्वजनिक गरेको मौद्रिक नीतिले ग्राहक तान्न बैंकहरुले दिने आकर्षक नारालाई रोक्न खोजेको देखिन्छ । आफ्नो बैंकमा खाता खोल्नेलाई दुर्घटना बीमा देखि स्वास्थ्य उपचार सुबिधासम्मको घोषणा बैंकहरुले गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस