
काठमाडौं । काठमाडौंमा आज बिहान ६ः३० बजे भूकप्पको धक्का महशुस गरिएको छ । चार वर्ष अगाडि २०७२ बैशाख १२ गतेको भूकम्प सम्झाउने गरी भूकम्प दिवसकै अघिल्लो दिन विहानै यसको धक्का महशुस गरिएको छ ।
राजधानी लगायत आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । एकबिहानै गएको भूकम्पले एकपटक राजधानीबासीलाई त्रसित बनाएको छ ।
प्रतिक्रिया दिनुहोस