aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दुबईस्थित एनएमसी हेल्थका संस्थापकलाई १३१ मिलियन डलर तिर्न लण्डन अदालतको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
दुबईस्थित एनएमसी हेल्थका संस्थापकलाई १३१ मिलियन डलर तिर्न लण्डन अदालतको आदेश

एजेन्सी । लन्डनको एक अदालतले दुबईस्थित एनएमसी हेल्थका संस्थापक बीआर शेट्टी (बावागुथु रघुराम शेट्टी) लाई बार्कलेजलाई १३१ मिलियन डलर तिर्न आदेश दिएको छ । बार्कलेज बैंक बेलायतको बहुराष्ट्रिय बैंक हो । जसको मुख्यालय लन्डनमा छ । ब्लूमबर्गको रिपोर्ट अनुसार शेट्टीको विदेशी मुद्रा व्यापारले सन् २०२० मा बेलायती बैंकसँगको लेनदेन सम्झौता पूरा गर्न असफल भएको आरोप लगाएको छ । यसपछि युके बैंकले शेट्टीविरुद्ध अदालत गएको थियो ।

डिसेम्बरमा बेलायतमा सुनुवाइका क्रममा शेट्टीका वकिलहरूले उनको आर्थिक अवस्था अहिले राम्रो नभएको बताएका थिए । वकिलहरूले आफ्नो पक्षलाई उचित ढंगले प्रस्तुत गर्न समय मिलोस् भनेर मुद्दाको सुनुवाइ केही दिनका लागि स्थगित गर्न माग गरेका थिए । लण्डनका एक न्यायाधीशले सोमबार उनको निवेदन खारेज गरेका छन् ।

वकिलहरूका अनुसार शेट्टीविरुद्ध भारतलगायत अन्य ठाउँमा रहेको सम्पत्ति फ्रिज गर्ने आदेश दिइएको छ । स्वदेश फर्कने अनुमति नपाएका कारण शेट्टी भारतमै फसेका छन् । यस मामिलामा बार्कलेजले लन्डनमा रहेको सम्पत्ति सहित विश्वभरका शेट्टीको सम्पत्ति फ्रिज गर्ने आदेश पाएको छ ।

शेट्टीका वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । बार्कलेजले अझै टिप्पणीको लागि अनुरोधलाई प्रतिक्रिया दिएको छैन। बीआर शेट्टीले मेडिकल रिप्रेजेन्टेटिभको रूपमा आफ्नो करियर सुरु गरेका थिए। यद्यपि, पछि ज्ञढठघ मा उनले कर्नाटकबाट ग्ब्भ्ल्ःऋ समूह स्थापना गरे। यो क्षेत्रको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायकको रूपमा उभिएको छ। यस कम्पनीको जग शेट्टीले सुरु गरेको सानो क्लिनिकबाट राखिएको थियो।
 

प्रतिक्रिया दिनुहोस