
काठमाडौं । काठमाडौंम आज बिहान ६ः३० बजे भूकप्पको धक्का महशुस गरिएको छ । त्यस्तै ६ः४५ बजे पुन अर्को भूकम्पको धक्का महशुस गरिएको छ ।
चार वर्ष अगाडि २०७२ बैशाख १२ गतेको भूकम्प सम्झाउने गरी भूकम्प दिवसकै अघिल्लो दिन विहानै यसको धक्का महशुस गरिएको छ । भूकम्प कति रेक्सर स्केलको गएको भन्ने विषयमा भूकम्प मापन केन्द्रबाट पुष्टि हुँदै छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।
प्रतिक्रिया दिनुहोस