aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

उपभोक्ता मुद्रा स्फ्रीति बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
उपभोक्ता मुद्रा स्फ्रीति बढ्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६ र०७७ को मौद्रिक नीतिमा आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा औसत उपभोक्ता मुद्रा स्फीति बढेको जनाएको छ । औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्ष ४ दशमलव २ रहेकोमा गत आर्थिक वर्ष ०७५/७६ को एघार महिनामा ४ दशमलव ५ प्रतिशत पुगेको छ ।

चीत र भारतको आर्थिक वृद्धिदर सन् २०१८ मा क्रमशः ६ दशमलव ६६ प्रतिशत् र ६ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१९मा क्रमशः ६ दशमलव २ प्रतिशत र ७ दशमलव ० प्रतिशत रहने कोषको प्रक्षेपण रहेको छ । 

विकसित र उदीयमान तथा विकासशील मुलुकको मुद्रास्फीति सन् २०१८ मा क्रमशः २ दशमलव ० प्रतिशत र ४ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१९ मा क्रमशः १ दशमलव ६ प्रतिशत र ४ दशमलव ८ प्रतिशत रहने कोषको प्रक्षेपण रहेको छ ।

यसैगरि आर्थिक वर्ष २०७५/७६  मा कुल ग्राहस्थ उत्पादन बृद्धिदर ७ दशमलव १ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ । कृषि उत्पादनमा बृद्धि, उर्जा आपूर्तिमा सहजता, निर्माण कार्यमा तीव्रता, औधोगिक उत्पादन विस्तार तथा पर्यटक आगमन बढेका कारण बृद्धि उच्च रहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस