
काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा चालु खाता ३०० अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको पाँच महिनासम्ममा २ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ ।
पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई ७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोडरुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रुपैयाँ रहेको विहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा जनाएको छ ।
ा अवधिमा शोधनान्तर स्थिति .१९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०६ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस