aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

तिलिचोभन्दा अग्लो ठाउँमा भेटियो अर्काे ताल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
तिलिचोभन्दा अग्लो ठाउँमा भेटियो अर्काे ताल

मनाङमा नयाँ ताल पत्ता लागेको छ । चामे घर भइ अमेरिका बस्दै आएका व्यक्तिले गुगलमा नयाँ ताल देखे । त्यो खबर गाउँमा गरे।

ताल भएको स्थान वरपरका याक, चौंरी, भेडा गोठालाश्रुलाई सोध्दा ताल भएको जानकारी आएपछि चामेबाट गएको स्थलगत भूमण समूहले अमेरिकाबाट भनिएको खवर अनुसार नै ताल भएको पुष्टि गरेको छ ।

सदरमुकामस्थित छामे गाउँपालिका-४ मा ताल पहिचान भएको हो। साढे एक दिन पैदल हिंडेर तालमा पुगेको उक्त समुहले करिव ३ दीन अवलोकन गरेको थियो। नयाँतालको नाम काजिन सहारा अर्थात् सिङ्गरताल नामकरण गरिएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस