aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेडिकल कलेजले बढी शुल्क उठाउन नपाइने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
मेडिकल कलेजले बढी शुल्क उठाउन नपाइने निर्णय

काठमाडौं । मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी शुल्क लिन नपाउने निर्णय भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरुले आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क लिन नपाइने निर्णय भएको हो । 

शुक्रवार  राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक र विद्यार्थीहरुको बिचमा भएको बैठकमा मेडिकलले कलेजहरुले लिइरहेको थप शुल्क बढी भएको निष्कर्ष निकालेको थियो । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस समेतको कार्यक्रमका लागि यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क शिक्षण संस्थाहरुले नलिने निर्णय भएको हो । 


साथै बैठकले विद्यार्थीहरुको छात्रावास सम्बन्धी समस्यालाई सम्बन्धित शिक्षणसंस्था, अभिभावक र विद्यार्थीहरुको आपसी छलफल र सहमतीमा निरुपण गरिने पनि निर्णय भएको  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले बताए । विभिन्न मेडिकल कलेजमा हाल विद्यार्थीहरुले शुल्क बढी लिएको भन्दै विरोधमा उत्रेका छन् । 

प्रतिक्रिया दिनुहोस