काठमाडौं । पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो इजाजतपत्र खारेज गर्नु चुनौती दिने नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधिएको छ । एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत बुधबार ७ दिने स्पष्टीकरण सोधेको हो ।
चैत १९ गते राति भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले यूट्युब च्यानलमा बोलेको विषयलाई स्पष्टीकरण पत्रमा सोधिएको हो। पेसाले जहाज उडाउने नेपाल वायुसेवा निगमका प्रवक्ता लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका छन्।
ऋष्तष्शभल
विमान उडाउने मुख्य जिम्मेवारी रहने पाइलटले नै आफू तनावमा हुने गरेका लगायतका मानसिक र शारीरिक समस्याबारे व्यक्त गरेकाले उनलाई स्पष्टीकरण सोधेको विभागले जनाएको छ। स्पष्टीकरण पत्र लेख्ने विभागका वरिष्ठ उडान सञ्चालक निरीक्षक बिएम अमात्यले लामाको अन्तर्वार्ता हेरेपछि ुत्यस्तो अवस्थामा सयौं यात्रु बोकेर जहाज उडाउन मिल्छरुु भनेर लामालाई सोधेको छन्। निगमबाटै अवकाशप्राप्त पाइलट अमात्यले लामाले स्वःघोषणा गरेकाले उनलाई जहाज उडाउन दिनु खतरा रहेको बताए।
यदी पाइलट नै मानसिक वा शारीरिक तनावमा रहेको सार्वजनिक गर्छ भने तत्काल कम्पनीले ग्राउन्डेड गरेर मेडिकल जाँच गर्नुपर्ने हुन्छ, विभागका एक उच्च अधिकारीले भने, तर, लामा कार्यरत निगम व्यवस्थापनले तत्काल ग्राउन्डेड गर्दैन भने त्यो उडान सुरक्षामा झन् ठूलो लापरबाही हो।
प्राधिकरणले लामाको पत्र पाइसकेपछि उनलाई मेडिकल चेक गराउने जनाएको छ। आक्रोशित मुद्रामा नियमनकारी निकायलाई मात्रै होइन, प्रधानमन्त्रीलाई पनि गुहार माग्नु भनेको लामामा स्वस्थ्य समस्या रहेको देखिन्छ,ती वरिष्ठ अधिकारीले भने। कान्तिपुर दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस