aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

इन्डोनेसियामा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ माघ २०७८
इन्डोनेसियामा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षति

जाकर्ता । इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षती भएको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् । 

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् । 

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस