aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिनेमा हल, जिम र नाइट क्लब बन्द गर्ने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ माघ २०७८
सिनेमा हल, जिम र नाइट क्लब बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । 

त्यस्तै, सरकारले सिनेमा हलसँगै नाइट क्लब माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ भने १५ माघसम्म विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम १५ माघसम्म बन्द गरेको छ। यो अवधिमा पठनपाठनका कार्यक्रम भर्चुअल माध्यमबाट गर्न सरकारले निर्देशन दिएको छ। 

मन्त्री कार्कीका अनुसार सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ । तर, सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । जसमा बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।   

प्रतिक्रिया दिनुहोस