aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ढल पसेपछि संसद बैठक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
ढल पसेपछि संसद बैठक स्थगित

संसद् भवनमा ढलको पानी पसेर जलमग्न भएपछि प्रदेश १ को संसद् बैठक बुधबार स्थ्गन भएको छ । शौचालयको हजमा समेत पानी भरिएर बैठकस्थलमै जमेको थियो ।

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले चौंथो तथा बजेट अधिवेशनको २७ औं बैठक नबस्दै स्थगन गर्ने निर्णय गरेको हो ।

प्रदेश १ मा संसद् सञ्चालन हुन थालेको १७ महिना भएपछि त्यसका लागि तत्कालिन जिल्ला विकास समितिको पुरानै भवन र संरचना प्रयोगमा ल्याइएको थियो । पुराना संरचनाको पनि उचित मर्मत सम्भार नहुँदा वर्षाका बेला ढल र शौचालयको हज भरिएको पानी छिरेर दुर्गन्ध फैलिएको थियो ।

मूल ढोकाको पानी बैठक बस्ने समय दिउँसो १ बजेसम्म कायम रहेपछि बैठक स्थगन गरिएको समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस