aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सन् २०२१ मा चिनियाँ ब्राण्डको कार बिक्री दरमा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ माघ २०७८
सन् २०२१ मा चिनियाँ ब्राण्डको कार बिक्री दरमा वृद्धि

बेइजिङ ।  सन् २०२१ मा चिनियाँ ब्राण्डका यात्रुवाहक सवारी साधनको बिक्री २३.१ प्रतिशतले बढेको उद्योग संघद्वारा जारी तथ्याङ्कले देखाएको छ ।‘चाइना एसोसिएसन अफ अटोमोबाइल्स म्यानुफ्याक्चरर्स’का अनुसार गत वर्ष चिनियाँ ब्रान्डका ९५ लाख ४० हजारभन्दा बढी कार बिक्री भएका थिए । संघले यस वृद्धिको श्रेय नवीकरणीय ऊर्जाबाट चल्ने सवारीवाहनको विकास र उत्कृष्ट निर्यात रणनीतिलगायतका कारकहरूलाई दिइएको छ ।

संघका अनुसार सन् २०२१ मा पहिलो पटक चिनियाँ सवारीसाधनको वार्षिक निर्यात दुई करोडभन्दा बढी पुगेको छ । यो हालैका वर्षहरूमा वार्षिक आँकडाभन्दा दोब्बर हो । 

गत वर्ष ९सन् २०२१० मा चिनियाँ गाडीको बिक्री वर्षमा ६।५ प्रतिशतले बढेर दुई करोड १४ लाख ८० हजार पुगेको हो । यसमध्ये ३५ लाख २० हजार नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधन रहेका छन् । एक बर्ष पहिलेको तुलनामा नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनको बिक्री झन्डै १६० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस