aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कर्जा प्रवाह बढ्न थाल्यो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०३ माघ २०७८
कर्जा प्रवाह बढ्न थाल्यो

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित आव २०७८र७९ को पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह १० प्रतिशतले, विकास बैङ्कको १२.३ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको हो ।

२०७८ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु(को धितोमा प्रवाह भएको छ । २०७७ मङ्सिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.३ प्रतिशत र १२.१ प्रतिशत  रहेको थियो ।

आव २०७८र७९ को पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५।८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस