aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अभियन्ताले नै गरे धमाधम बालविवाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
अभियन्ताले नै गरे धमाधम बालविवाह

नेपालगञ्ज उपमहानगर–२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्बलका अध्यक्ष गोविन्द विकले संस्थाकी सविच गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ । भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भागिन् । अहिले उनीहरु गाउँ छाडेर बसाइँ सरेका छन् । गोविन्द कक्षा १० र गीता उच्च माविमा अध्ययनरत थिए ।

जिल्लास्तरीय किशोरी क्लबकी अध्यक्ष बबिता खत्रीले पद सम्हालेको एक साता नबित्दै बिहे गरिन् । उनी १८ वर्षकी छिन् । 

गत वैशाखमा बैजनाथ गाउँपालिका–६ की १५ वर्षीय जानकी पुन र १६ वर्षका हीराबहादुर पुनले भागी विवाह गरे । कक्षा ९ मा अध्ययनरत जानकी किशोरी क्लबमा बसेर बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएकी थिइन् । 

तीन दिनपछि उनीहरुलाई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाइयो । गत असारमा बैजनाथ–३ की १५ वर्षीया बालिकाले आफूखुसी बिहे गरिन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस