
एजेन्सी । बहुराष्ट्रिय कम्पनी नेस्लेले सोमबार चकलेट प्याकेटमा भगवानको तस्वीर छापेकोमा माफी मागेको छ । यससँगै कम्पनीले यस्ता सबै उत्पादन बजारबाट फिर्ता मगाएको जनाएको छ । नेस्लेको किटकट ब्राण्डको चकलेटको र्यापरमा भगवान जगन्नाथको तस्बिर छापिएपछि विवाद सुरु भएको थियो ।
धेरै प्रयोगकर्ताले ट्विटरमा तस्विर शेयर गरेर आपत्ति जनाएका छन् । चकलेट खाएपछि मानिसले ¥यापर सडक, नाली वा डस्टबिनमा फाल्ने गरेको आपत्ति गर्नेहरूले बताएका छन् । यस कारण कम्पनीले ¥यापरबाट भगवान जगन्नाथ, भगवान बलभद्र र माता सुभद्राको तस्बिर हटाउनुपर्छ ।
यसको जवाफ दिँदै नेस्लेले माफी माग्दै बाँकी उत्पादन बजारबाट फिर्ता गर्ने घोषणा गरेको छ । नेस्लेले ट्राभल ब्रेक प्याकको उद्देश्य स्थानीय गन्तव्यको सौन्दर्य मनाउने रहेको बताएको छ । यसैलाई ध्यानमा राख्दै, गत वर्ष ओडिशाको संस्कृति मनाउने निर्णय गरिएको थियो । यसका लागि प्याकमा अद्वितीय कला पट्टाचित्र फ्लान्टिङ डिजाइन प्रयोग गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस