aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

विश्व आर्थिक मञ्चबाट भारतीय प्रधानमन्त्रीले भने, भारत लगानी गर्नका लागि उत्तम देश बन्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ माघ २०७८
विश्व आर्थिक मञ्चबाट भारतीय प्रधानमन्त्रीले भने, भारत लगानी गर्नका लागि उत्तम देश बन्यो

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विश्व आर्थिक मञ्चको फोरमबाट विश्वभरीका लगानीकर्तालाई भारतमा लगानी गर्न निम्ता दिएका छन् । दाभोस एजेन्डा शिखर सम्मेलनलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विश्वका सबै देशलाई भारतमा लगानी गर्न निम्तो दिएका हुन । उनले भारतीय युवाहरूमा उद्यमशीलता नयाँ उचाइमा रहेको र भारतमा स्टार्ट–अपहरूको संख्यामा भएको वृद्धिले लगानीको वातावरण बनेको समेत बताएका थिए । 

प्रधानमन्त्री मोदीले भारतमा व्यापारका लागि सिर्जना भइरहेको वातावरणबारे सबैलाई जानकारी गराए । भारतले सरकारी हस्तक्षेपलाई न्यूनीकरण गर्दै व्यापार गर्न सजिलोलाई बढावा दिने नीति अवलम्बन गरेको बताएका थिए । उनले भने, ‘भारतले आफ्नो कर्पोरेट करलाई पनि सरल बनाएको छ । यसलाई विश्वकै सबैभन्दा प्रतिस्पर्धी बनाएको छ । नवप्रवर्तन, नयाँ प्रविधिमा अनुकूलन गर्ने क्षमता, भारतीयहरूमा उद्यमशीलताको भावनाले हाम्रा प्रत्येक विश्वव्यापी साझेदारहरूलाई नयाँ ऊर्जा दिन सक्छ ।’

भारतमा लगानी गर्ने यो उपयुक्त समय रहेको उनले दावी समेत गरेका छन्  । २०१४ मा जहाँ भारतमा केहि सय दर्ता स्टार्ट–अपहरू थिए । योसँगै उनीहरुको संख्या आज ६० हजार नाघेको छ । यसमा ८० भन्दा बढी युनिकर्न पनि छन्, जसमध्ये ४० भन्दा बढी २०२१ मा नै बनाइएका थिए ।

उनले भने, ‘कोरोना युगमा भारतले ‘एक पृथ्वी, एक स्वास्थ्य’ को दृष्टिकोणलाई पछ्याएर सबैलाई कसरी सहयोग ग¥यो । त्यो सारा विश्वले देखेको छ । धेरै देशमा अत्यावश्यक औषधि, खोप दिएर लाखौंको ज्यान बचाइएको छ ।’ 
 

प्रतिक्रिया दिनुहोस