aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

युरोपेली संसदको अध्यक्षमा माल्टाका मेट्सोला निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
युरोपेली संसदको अध्यक्षमा माल्टाका मेट्सोला निर्वाचित

ब्रसेल्स । युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छिन । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन ।

यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन । युरोपेली संसदको नेतृत्व चयनका लागि मतदान गर्ने अधिकार भएका ६१६ जनामध्ये ४५८ जनाले मेट्सोलाको पक्षमा मतदान गरेका थिए ।  

अहिले ४३ बर्षकी मेट्सोला युरोपेली संसदको अध्यक्षमा सवैभन्दा कान्छो उमेरमा निर्वाचित भएकी हुन। त्यसैगरी उनी तेस्रो महिला अध्यक्ष भएकी छिन ।  उन यसअघि सन् २०२० नोभेम्बर देखि युरोपेली संसदको प्रथम उपाध्यक्ष थिइन । 
सिन्ह्वा

प्रतिक्रिया दिनुहोस