aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मदिरा बादशाह माल्यालाई बेलायतमा ठूलो झट्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
मदिरा बादशाह माल्यालाई बेलायतमा ठूलो झट्का

एजेन्सी । भारतबाट भागेका व्यापारी विजय माल्यालाई पनि बेलायतमा झट्का लागेको छ । मंगलबार उनले बेलायतमा आफ्नो विलासी अपार्टमेन्टको पनि गुमाएका छन । बेलायतको उच्च अदालतले उनलाई स्विस बैंक युबीएससँग लामो समयदेखि चलिरहेको विवादमा रोक लगाउन अस्वीकार गरेको छ ।

मङ्गलबार भर्चुअल सुनुवाइमा फैसला सुनाउँदै उच्च अदालतका डेपुटी मास्टर म्याथ्यू मार्शले युबीएस्को २०.४ मिलियन जीबीपी ऋण तिर्न थप समय दिने कुनै आधार नभएको बता ए। माल्याकी ९५ वर्षीया आमा ललिता लन्डनको रिजेन्ट्स पार्कको १८÷१९ कोर्नवाल टेरेसमा रहेको लक्जरी अपार्टमेन्टमा बस्छिन् । यसका मालिकहरूमा विजय माल्या, उनका छोरा सिद्धार्थ माल्या र आमा ललिता छन्।

मे २०१९ मा, न्यायाधीश साइमन बार्करले माल्यालाई ऋण तिर्नको लागि ३० अप्रिल, २०२१ सम्मको समय दिएर फ्ल्याटको कब्जा कायम राख्न आदेश दिए। तर, माल्याले आजसम्म ऋण तिर्न सकेनन् । यसैबीच युबीएस उच्च अदालत पुगेको थियो । अब ग्द्यक् ले यो लक्जरी अपार्टमेन्ट बेचेर ऋण उठाउन सक्छ ।

यो मुद्दा माल्याको एक कम्पनी रोज क्यापिटल भेन्चरलाई लिएको ऋणसँग सम्बन्धित छ । विजय माल्याले सन् २०१२ मा ५ वर्षका लागि यो ऋण लिएका थिए । ऋणको म्याद समाप्ति मिति २६ मार्च २०१७ थियो। तर विजय माल्याले त्यो मितिसम्म भुक्तानी गर्न सकेनन् । गत वर्ष अक्टोबरमा बैंकलाई माल्याविरुद्ध रिट अफ परमिशन जारी गर्न अनुमति दिइएको थियो ।

विजय माल्यामाथि १७ भारतीय बैंकहरूको ९,००० करोडभन्दा बढी ऋण छ । उनी मार्च २, २०१६ मा भारत छोडेर बेलायत भागेका थिए । त्यसयता भारत सरकारले माल्यालाई बेलायतबाट सुपुर्दगी गर्ने प्रयास गरिरहेको छ । भारतमा माल्याको धेरै सम्पत्ति पनि जफत गरिएको छ । अब लण्डनको घर पनि माल्याको हातबाट निस्केको छ ।

प्रतिक्रिया दिनुहोस